पूर्वराजा ज्ञानेन्द्र शाहको घरमा किन पुगे केपी शर्मा ओली ?


काठमाडौ । नेकपा एमालेका अध्यक्ष ओली पूर्वराजा ज्ञानेन्द्र शाहको घरमा पुगेको खुलासा भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुलाई झापामा निर्वाचनमा हराउन सक्ने भन्दै आफुलाई बाधा हुने काम नगर्न भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुगेका हुन ।
यो कुरा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले खुलासा गरेका हुन । अगामी निर्वाचनमा साँठगाँठ गर्न ओली पूर्वराजा ज्ञानेन्द्र शाहको घरमा पुगेको माधब नेपालले खुलासा गरेका हुन ।
आज काठमाडौको चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै माधव नेपालले भने, ‘ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको घरमा पुग्ने गरेका छन । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन । बिदेशीहरुको दलाली गर्ने पार्टीँसग तालमेल मिलाउन खोजिरहेका छन । किनभने, उनी दक्षिणपन्थी शक्ति हुन । दक्षिणपन्थीहरु दक्षिणपन्थी शक्तिसंग मिल्छन ।”
आफुहरु भने वामपन्थी र लोकतान्त्रिक शक्ति भएको नेपालले दाबी गरे । त्यसैले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर निर्बाचनमा जाने उनले बताए । त्यसअघि संगठन निर्माण गर्न र आफ्नो हैसियत कायम गर्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए । नेपालले भने, पहिले तपाईहरु आफ्नो शक्तिमाथी भरोसा गरेर संगठन निर्माण गरेर, आफ्नो हैसियत कायम राखेर अगाडि बढ्नुस । आफ्नो हैसियत नभएकालाई कसैले पत्याउदैनन ।
उनले अगामी निर्वाचनमा कांग्रेस संग गठबन्धन गर्ने बताए । कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले पनि गठबन्धनको कुरा गरेको भन्दै खुशी ब्यक्त गरे । अब कांग्रेसको केन्द्रीय समिती बैठकले निर्वाचनमा गठबन्धन गर्ने भनेर औपचारिक निर्णयलाई आफुहरुले कुरेको अध्यक्ष नेपालले बताए ।






















