देश

संसद बिघटनलाइ असंबैधानिक भन्नेहरुले संविधान कहिल्यै पढेन?? प्र. म. के. पि.

नवलपुर टुडे
२०७७ पुस २५ | मध्यान्ह ०८:०९ बजे

पुस २५, काठमाण्डाै।
नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् ।

युवासंघ “बागमति प्रेदस कार्यकर्ता भेला” द्वारा आयोजना गरेको सभालाई राष्ट्रिय सभागृह कमलादिमा सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’

photo 2021 01 09 20 52 32

‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् ।
म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’
उनले अघि भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा । विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।’
कतिपयले केपी ओलीले चुनाव गर्दैन भनेको भन्दै उनले भने, ‘चुनाव वैशाख १७ गते नै हुन्छ, वैशाख २७ गते नै हुन्छ ।

प्रतिनिधिसभाको चुनाव हुन्छ ।’

चुनावको तयारीमा लाग्न आग्रह गर्दै उनले भने, ‘खराब तत्वहरुलाई गाउँमै ठेगान लगाउनुपर्छ, माथि गए भने हैरान पार्छन् । त्यस्ता तच्वहरुलाई भोट नहाल्नुस् ।’

कमेन्टहरु