खेलकुद

पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपाल विजयी

नवलपुर टुडे
२०७८ चैत्र ८ | मध्यान्ह ०६:१२ बजे

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पीएनजीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका लागि आरिफ शेख र कुशल भुर्तेलले अर्धशतक बनाए । १०२ बल खेलेका आरिफले ४ चौकाको मद्दतमा ५९ रन बनाए भने कुशलले ६४ बलमा ५० रन जोडे । यस्तै रोहित पौडेलले पाँच चौकाको मद्दतमा ४४ रनको योगदान दिए ।

कमेन्टहरु