जिद्दि बालक : के. पी.


एक अति जिद्दी बालकले आफ्ना बाबुआमासंग भनेछ –
“म छेपारो खान्छु”
बाऊआमाले लाख सम्झाए तर मान्दै मान्दैन…
हार मानेर बच्चाका मास्टरलाई बोलाईयो,
मास्टर आए र फेरि सम्झाए ।
केहि नलागेपछि उनकै आदेश अनुसार छेपारो मगाईयो…
प्लेटमा राखिएको छेपारो बच्चालाई दिंदै मास्टरले भने –
” ल खा “
बच्चा रूँदै …. –
“यो काँचो त खान्न … तारेको खान्छु”
छेपारोलाई तुरून्तै तारेर ल्याईयो।
मास्टर …
“ल अव चुपचाप खा”
बच्चा उफ्रँदै …
“यो सिंगै त खान्न … आधा मात्र खान्छु”
तुरून्तै दुई टुक्रा पारेर ल्याईयो …
मास्टर …
“ल छिटो खा”
बच्चा भुईंमा मडारिंदै ….
“पहिला त्यो आधा तपाईंले खानु, आधा-आधा खाने “
असिनपसिन भैसकेका मास्टरले पसिना पुछ्दै नाक र आँखा थुन्दै आधा छेपारो निले …
जब मास्टरले छेपारो निले,
बच्चो सासै रोकिएला झैं उफ्रि उफ्रि डाँको छोडेर झनै बेसरी रून थाल्यो।
सवैले सोधे – के भयो फेरि ???
उसले भन्यो –
“मलाई जुन टुक्रा खान मन थियो त्यो सरले खाईदिनु भयो, अब म कुन खाने ???”
मास्टर सुरूवाल तान्दै टाप कसे …..
गर्न सक्ने केहि छैन,
दुनियाँभरको नौटंकी गफमात्रै लाउने त्यहि बालक ठूलो भएर खड्ग ओलीको नामले प्रख्यात भयो ।????????
✍️श्याम श्रेष्ठ























