देश

“एकल यात्री माेटे”

जगत ठाडा मगर
२०७७ पुस २२ | मध्यान्ह ०४:०९ बजे

‘एकल यात्री मोटे’
भीडभाड र कोलाहल बिचमा एकल यात्री मोटे
डाँडा-काँडा र खोलाहरू बिचमा एकल यात्री मोटे
रून्छ हाँस्छ उफ्रिन्छ चिच्याउँछ पागल जस्तै गरेर
अरिङ्गालको गोलाहरू बिचमा एकल यात्री मोटे

शिकारी र सोलाहरू बिचमा एकल यात्री मोटे
गरीब दु:खी भोलाहरू बिचमा एकल यात्री मोटे
देख्न सक्दैन रोएको कोही पागल जस्तै गरेर
आफ्नै आँशुको नालाहरू बिचमा एकल यात्री मोटे

किन्नै नसक्ने तोलाहरू बिचमा एकल यात्री मोटे
तिर्नै नसक्ने मोलहरू बिचमा एकल यात्री मोटे
जान्छ सोध्छ बजारमा मूल्य पागल जस्तै गरेर
रित्तै फर्केका झोलाहरू बिचमा एकल यात्री मोटे

महझै मिठो बोलीहरू बिचमा एकल यात्री मोटे
निजी स्वार्थको टोलीहरू बिचमा एकल यात्री मोटे
रहरले पस्यो कहरले निस्कियो पागल जस्तै गरेर
स्वप्न मायाको खोलीहरू बिचमा एकल यात्री मोटे

– जोगबीर चन्द्र मोटे

कमेन्टहरु