देश

एक कराेड ४७ लाख सहित गुप्ता पक्राउ

नवलपुर टुडे
२०७७ पुस २० | मध्यान्ह ०८:०९ बजे

पुस २०,काठमाडौं।
काठमाडौंको नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सोमबार बिहान नागढुङ्गाबाट प्रहरीले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको निजी गाडीबाट बरामद भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले नवलपुर टुडेलाई जानकारी दिए।
उनका अनुसार भारतीय नागरिक अमितकुमार गुप्ताबाट एक करोड ४७ लाख रकम बरामद भएको हो। सो रकमको स्रोत नखुलेपछि आवश्यक अनुसन्धानका लागि गुप्तालाई पक्राउ गरिएको पालले बताए ।

कमेन्टहरु