देश

प्रचण्डले अन्यत्र ठाउँ खोजे हुन्छ, चितवनमा सम्भव छैनः मुख्यमन्त्री पोखरेल

kushal
२०७७ पुस २० | मध्यान्ह ०४:०९ बजे

नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले चुनाव लड्न चितवनमा सम्भव नभएको बताएका छन् । नेता पोखरेलले आज (सोमबार) भरतपुरमा भएको ओली पक्षको अगुवा कार्यकर्ता भेलामा नेता पोखरेलले सो विचार राखेका हुन् । उनले भने, ‘कतिपय नेताले ओलीसँग मिलेर चुनाव लडे जितिन्छ भन्न थालेका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई कारबाही गर्नु भएको छैन ।’ भरतपुरको कार्यक्रममा आएर प्रचण्ड अध्यक्षको नाताले आशन ग्रहण गर्न सक्ने नेता पोखरेलले बताए ।

नेता पोखरेलले भने, ‘अध्यक्ष ओलीमाथि लगाएका अभियोग फिर्ता लिएर आए चितवनमा स्वागत छ । नत्र निर्वाचनमा अन्यत्र ठाउँ खोजे हुन्छ, चितवनमा सम्भव छैन । ’लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही हुँदैन उनीहरु पनि निर्वाचन क्षेत्रतिर लागिसकेको मुख्य मन्त्री पोखरेलले बताए ।

कार्यक्रममा नेता पोखरेलले केपी ओलीलाई सुशासन विरोधी भन्न नमिल्ने जीकिर गरे । उनले भने, ‘ जसले देशलाई जातीयरुपमा विभाजन गरिनु हुँदैन भन्यो । भारतीय नाकाबन्दीको सामना गर्दै विकास निर्माणमा नयाँ योजना लिएर अगाडि बढ्यो । त्यो मानिस कसरी सुशासन विरोधी हुन्छ ?’ उनले अब सात महिनाभित्र तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँन लागेको भन्दै स्वास्थ्य क्षेत्रमा पनि ओली नेतृत्वको सरकारले क्रान्ति ल्याएको दाबी गरे । देशमा दण्डहिनता नियन्त्रण गर्दै सामाजिक विकास र पूर्वाधार निर्माणमा आफूलाई समर्पण गर्ने नेता कहिल्यै सुशासन विरोधी हुन नसक्ने उनको विचार थियो ।

कमेन्टहरु