“पीडा”


याे मरुभुमि काे गर्मि कस्ताे,,सायद रातिपनि घामलाग्छ जस्ताे,,न दिनमा सियाल छ न साझमा छायाँ ,,तरैपनि आफ्नाे भन्दा तिनै परिवारकाेआधि मायाँ।
के गर्ने हजुर यसाे मुन्टाे निहुर्यायर सप्प ताैलियाले पसिना पुछ्नुपर्ने,,
समय र परिस्थितिले मात्र हैन हजुर, गरिबिकाे पेलान ले मरुभुमि मा ठेल्याे,
सुखले रमाउने ,,खुसिले उफ्रने कसकाे चाहाना हुन्न र,,तर यहाँ।
के गर्ने हजुर यसाे मुन्टाे निहुर्यायर सप्प ताैलियाले पसिनछ्नुपर्ने ,,,
न शरीर थाकेकाे मा विश्राम छ यहाँ न बिरामि बिदा पाउँछ ,सधै डिउटि डिउटि हिड्याे,
बिहान दाैड्याे त्यहि डिउटिसम्म राति फर्क्याे यहि बिस्तरासम्म,,आफ्नाे सपना सबै उड्याे।
के गर्ने हजुर यसाे मुन्ठाे निहुर्यायर सप्प ताैलियाले पसिना पुछ्नुपर्ने,,
देसबाट याे माेबायल मा प्यारिकाे म्यासेज अायाे खाना खाजा खायाै त बुडा !!! भन्दै,,
मेराे समय यस्तै पर्याे सामुन्ने मुदिर खडा छ जवाफ नफर्काइ ,,,
के गर्नाे हजुर यसाे मुन्टि निहुर्यायर सप्प ताैलियाले पसिना पुछ्दै माेबायल गाेजिमाफुत्त राखनुपर्ने
shresthadipesh880@gmail. com























