पुस २४ बाट सबैकाे लागि खुल्दै चन्द्रागिरि केबलकार


पुस २७,काठमाण्डाै।
चन्द्रागिरी हिल्स लिमिटेडले यहि पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर ९आइपीओ निष्काशन गर्ने भएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आब्हानपत्र जारि गर्दै पुष २४ गतेदेखि चन्द्रागिरी हिल्सको आइपीओं निष्काशन हुने जानकारी दिएको हो।
क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालकाअनुसार प्रतिकित्ता एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारि गर्न लागिएको हो।
यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको छ।
चन्द्रागिरीको आइपीओमा यहि पुस २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन पाइनेछ। ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन भर्न पाउनेछन्। मेरो शेयर एप, मेरो शेयर सफ्टवेयर तथा सिआश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आइपीओको लागि आबेदन भर्न सकिनेछ।
कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो।
कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो। सर्वसाधारणलाई पनि आईपीओ वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ। कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ।























