नेकपाकाे जिल्ला अध्यक्ष र सचिवको काे कता-कता पुगे?


१६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरेको छ ।
प्रचण्ड–माधव समूहले पार्टी विभाजन अगाडि कायम ४३७ सदस्यीय केन्द्रीय कमिटीका २९७ सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । तर, बहुमत देखाउने प्रयासकै लागि ओली समूहले प्रचण्ड र माधव समूहका नेताहरुसहित समेटेर केन्द्रीय कमिटी संख्या ११९९ पुर्याएको छ
साविकको कमिटीभन्दा झण्डै तीन गुणा बढाएर निर्वाचन आयोगमा बुझाएका ओलीले बुधबार भने साविकको केन्द्रीय कमिटीमा प्रचण्ड र माधव समूहको बहुमत रहेको स्वीकार गरेका थिए ।
३३ जिल्लामा ओली समूह पदाधिकारीविहीन
संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूह जिल्ला नेतृत्वमा पनि प्रष्ट अल्पमतमा छ । ७७ जिल्लाका १५४ जना अध्यक्ष र सचिवमध्ये ओली समूहमा ४३ जना मात्रै लागेका छन् । एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाको जिल्ला नेतृत्वमा अध्यक्ष र सचिवसमेत दुईजना मात्रै पदाधिकारी थिए । जिल्ला कमिटीहरुको एकीकरण प्रक्रिया सकिएकै थिएन ।
जिल्ला कमिटीका अध्यक्ष र सचिवमध्ये ओली समूहतर्फ २९ जिल्ला अध्यक्ष र १४ जना सचिव मात्रै उभिएका छन् । बाँकी ४७ जिल्ला अध्यक्ष प्रचण्ड र माधव समूहमा लागेका छन् ।
प्यूठानका अध्यक्ष तुलसीराम शर्मा वामदेव गौतम नखुलेसम्म कुनै समूहमा नखुल्ने अडानमा छन् । ६३ जिल्ला सचिवहरु प्रचण्ड र माधव समुहमा उभिएका छन् । ३३ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ ।
ओली समूह प्रदेश २ मा सबैभन्दा बढी कमजोर देखिएको छ । आठ जिल्ला रहेको यो प्रदेशमा तीनजना जिल्ला पदाधिकारी मात्रै ओली समूहमा लागेका छन् ।
यसपछि प्रधानमन्त्रीकै गृह प्रदेश रहेको प्रदेश १ मा ओली समूह कमजोर छ । यो प्रदेशका २८ पदाधिकारीमध्ये ८ जिल्लामा ओली समूह पदाधिकारी विहीन बनेको छ । ६ जना जिल्ला अध्यक्ष ओली समूहमा छन् । यो प्रदेशका कुनै पनि जिल्ला सचिव ओली समूहमा छैनन् ।
पार्टी एकताका बेला एमाले र माओवादीले जिल्ला अध्यक्ष र सचिवको भाग लगाएकाले प्रचण्ड–माधव नेपाल समूहका ७६ जिल्लामा पदाधिकारी छन् । बाजुराका दुवै पदाधिकारी ओली समूहमा लागेकाले प्रचण्ड र माधव समूह यहाँ पदाधिकारीविहीन हुन पुगेको छ ।
तर, सबै प्रदेशमा प्रचण्ड र माधव समूह प्रष्ट बहुमतमा छन् । सबैतिर कमजोर रहेको ओली समूह गण्डकी प्रदेशमा भने तुलनात्मक राम्रो अवस्थामा छ । ११ जिल्ला रहेको यो प्रदेशमा ओली समूहतर्फ ९ जना छन् । यसपछि १२ जिल्ला रहेको लुम्बिनीमा ओली समूहतर्फ ८ जना पदाधिकारी देखिएका छन् ।
प्रदेश १ : गृह प्रदेशमै ओली कमजोर
प्रदेश १ मा ८ जिल्लामा अध्यक्ष र ६ जिल्लामा ओली समूहका अध्यक्ष छन् । प्रदेश १ ओलीकै गृह प्रदेश हो । तर, जिल्ला पदाधिकारीहरुमा यो प्रदेश ओली सबै प्रदेशभन्दा कमजोर छ । अध्यक्ष र सचिव गरी २६ पदाधिकारी मध्ये ओली समूहका ६ जना मात्रै छन् । आठ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ ।
धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, सोलुखम्बु, ओखलढुङ्गा, उदयपुर, तेह्रथुम र संखुवासभामा प्रचण्ड र माधव समूहका मात्रै पदाधिकारी छन् । त्यसैले यो प्रदेशमा ओलीले साविकको समूह परिवर्तन गराउने प्रयास गरिरहेका छन् । तर, विभाजनको अन्तिममा मात्रै त्यो भने टुंगो लाग्नेछ ।
क्र.स.जिल्लानामपदसमूह१धनकुटाराजेन्द्र राईअध्यक्षप्रचण्ड-माधवऋषिराम ढुंगानासचिवप्रचण्ड-माधव२ताप्लेजुङबिजय बनेमअध्यक्षप्रचण्ड-माधवबलबहादुर साम्सोहाङसचिवप्रचण्ड-माधव३सुनसरीयोगेन्द्र मण्डलअध्यक्षप्रचण्ड-माधवरमेश वस्नेतसचिवप्रचण्ड-माधव४खोटाङदेवान चाम्लिङअध्यक्षप्रचण्ड-माधवराम दंगालसचिवप्रचण्ड-माधव५ओखलढुंगामोहनकुमार खड्काअध्यक्षप्रचण्ड-माधवमोहन श्रेष्ठसचिवप्रचण्ड-माधव६उदयपुरविनोद कटवालअध्यक्षप्रचण्ड-माधवइश्वरमणि राउतसचिवप्रचण्ड-माधव७तेह्रथुमलक्ष्मण तिवारीअध्यक्षप्रचण्ड-माधवइन्द्रबहादुर इम्सुङसचिवप्रचण्ड-माधव८संखुवासभाहेमराज घिमिरेअध्यक्षप्रचण्ड-माधवकृष्ण याख्यासचिवप्रचण्ड-माधव९इलामराम रानाअध्यक्षओलीसोममाया राईसचिवप्रचण्ड-माधव१०पाँचथरराजकुमार भण्डारीअध्यक्षओलीहोम जबेगुसचिवप्रचण्ड-माधव११झापाचिन्तन पाठकअध्यक्षओलीमणिकुमार साम्पाङसचिवप्रचण्ड-माधव१२मोरङऋषिकेश पोखरेलअध्यक्षओलीगणेश उप्रेती सुशिलसचिवप्रचण्ड-माधव१३भोजपुरप्रेमकुमार राईअध्यक्षओलीबिमल खड्कासचिवप्रचण्ड-माधव१४सोलुखम्बुमानबीर राईअध्यक्षओलीगोम्बु शेर्पासचिवप्रचण्ड-माधव
प्रदेश २ : प्रचण्ड–माधवको प्रष्ट बर्चश्व
प्रदेश २ का आठ जिल्लाका १६ पदाधिकारीमध्ये ओली समूहतर्फ तीनजना मात्रै छन् । धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादव, महोत्तरीका सचिव शोकिलाल यादव र पर्साका अध्यक्ष प्रभु हजारा मात्रै ओली समुहका हुन् ।
बाँकी सवै प्रचण्ड र माधव नेपाल समूहका हुन् । यो प्रदेशका पाँच जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ ।
क्र.सं.जिल्लानामपदसमूह१.सप्तरीअशोक मण्डल ‘अमर’अध्यक्षप्रचण्ड-माधवगोबिन्द बहादर न्यौपानेसचिवप्रचण्ड-माधव२सिराहारामकुमार यादवअध्यक्षप्रचण्ड-माधवप्रमोद यादवसचिवप्रचण्ड-माधव३.धनुषाराजकिशोर यादवअध्यक्षओली समूहदीपक यादवसचिवप्रचण्ड-माधव४महोत्तरीराजु खड्काअध्यक्षप्रचण्ड-माधवशोकीलाल यादवसचिवओली समूह५सर्लाहीरेवती पन्तअध्यक्षप्रचण्ड-माधवकमल बूढाथोकीसचिवप्रचण्ड-माधव६रौतहटकमल रायअध्यक्षप्रचण्ड-माधवसचिव पद खाली––७बाराक्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’अध्यक्षप्रचण्ड-माधवसुन्दर बहादुर विकसचिवप्रचण्ड-माधव८पर्साप्रभु हजाराअध्यक्षओलीविजय महतोसचिवप्रचण्ड-माधव
बागमती : ६ जिल्लामा ओली समूह पदाधिकारीविहीन
बागमतीका ६ जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । रामेछाप, काभ्रे, मकवानपुर, चितवन, नुकवाकोट र रसुवाका जिल्ला अध्यक्ष र सचिव नै प्रचण्ड र माधव समूहका छन् ।
१३ जिल्लाको २६ पदाधिकारीमध्ये सात पदाधिकारी मात्रै ओलीतर्फका हुन् । ओलीतर्फका धादिङ जिल्ला अध्यक्ष नेत्र पौडेलले केही दिन अगाडि राजनीति नै छोडेको घोषणा गरेका छन् ।
क्र.स.जिल्लानामपदसमूह१रामेछापमैनकुमार मोक्तानअध्यक्षप्रचण्ड-माधवशान्ति पौडेलसचिवप्रचण्ड-माधव२दोलखाईश्वरचन्द्र पौडेलअध्यक्षओलीगोपाल पाण्डेसचिवप्रचण्ड-माधव३सिन्धुपाल्चोकझम्क नेपालअध्यक्षप्रचण्ड-माधवदावा लामासचिवओली४काभ्रेरुकु चौलागाइँअध्यक्षप्रचण्ड-माधवटोकबहादुर वाइबासचिवप्रचण्ड-माधव५सिन्धुलीराजन दाहालअध्यक्षप्रचण्ड-माधवप्रदीप कट्वालसचिवओली६ललितपुरहरिकृष्ण बेञ्जनकारअध्यक्षओलीराजकाजी महर्जनसचिवप्रचण्ड-माधव७काठमाडौंकृष्ण राईअध्यक्षओलीहिमाल शर्मासचिवप्रचण्ड-माधव८भक्तपुरबचन देउजाअध्यक्षओलीडीपी ढकालसचिवप्रचण्ड-माधव९मकवानपुर मुनु सिग्देल अध्यक्षप्रचण्ड-माधवकुमारी मोक्तानसचिवप्रचण्ड-माधव१०धादिङनेत्र पौडेल अध्यक्षओली शालिकराम जम्मर कट्टेल सचिवप्रचण्ड-माधव११चितवन यमबहादुर परियारअध्यक्षप्रचण्ड-माधवकृष्णभक्त पोखरेलसचिवप्रचण्ड-माधव१२नुवाकोटहरिनाथ खतिवडाअध्यक्षप्रचण्ड-माधवनारायण खतिवडासचिवप्रचण्ड-माधव१३रसुवाकन्र्याल लामाअध्यक्षप्रचण्ड-माधवइन्द्र गोतामेसचिवप्रचण्ड-माधव
गण्डकी : ओली समूह तुलनात्मक राम्रो अवस्थामा
दुई जिल्लामा ओली समूह पदाधिकारीविहीन छ । म्याग्दी र बाग्लुङमा ओली पदाधिकारीविहीन बनेका हुन् । ११ जिल्ला रहेको यो प्रदेशमा ओली समूहका ९ जना पदाधिकारी छन् ।
पर्वत, मनाङ, तनहुँ, नवलपुर र मुस्ताङका अध्यक्ष ओली समूहका छन् । लमजुङ, कास्की, गोरखा र स्याङ्जाको सचिव ओली समूहमा छन् । बाँकी १३ पदाधिकारी प्रचण्ड र माधव नेपाल समूहमा लागेका छन् ।
क्र.स.जिल्लानामपदसमूह१म्याग्दीगोविन्द पौडेलअध्यक्षप्रचण्ड-माधवहरिकृष्ण श्रेष्ठसचिवप्रचण्ड-माधव२पर्वतपवन गिरीअध्यक्षओलीसुदीप कुँवरसचिवप्रचण्ड-माधव३बाग्लुङइन्द्रलाल सापकोटाअध्यक्षप्रचण्ड-माधवज्ञाननाथ गैरेसचिवप्रचण्ड-माधव४लमजुङमधुमाया अधिकारीअध्यक्षप्रचण्ड-माधवधनञ्जय दवाडीसचिवओली५कास्कीकृष्ण थापाअध्यक्षओलीबखानसिंह तमुसचिवप्रचण्ड-माधव६मनाङपाल्देन छोपाङ गुरुङअध्यक्षओलीवेदबहादुर गुरुङसचिवप्रचण्ड-माधव७मुस्ताङचन्द्रमोहन गौचनअध्यक्षओलीसत्यनारायण गौचनसचिवप्रचण्ड-माधव८गोरखालेखबहादुर थापामगरअध्यक्षप्रचण्ड-माधवप्रेम गुरुङसचिवओली९तनहुँकेदार सिग्देलअध्यक्षओली.राजेन्द्रकेशरी न्यौपानेसचिवप्रचण्ड-माधव१०नवलपुररोशन गाहा मगरअध्यक्षओलीमित्रशरण शर्मासचिवप्रचण्ड-माधव११स्याङ्जासूर्यप्रसाद गैरेअध्यक्षप्रचण्ड-माधवमीनबहादुर गुरुङसचिवओली
लुम्बिनी प्रदेश : वामदेव गौतमका एक अध्यक्ष
लुम्बिनीका तीन जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । रोल्पा, दाङ र बाँकेमा ओली समूह पदाधिकारीविहीन बनेको हो । लुम्बिनीका १२ जिल्लाका २४ पदाधिकारीमा ओलीतर्फका पाँच अध्यक्ष र तीन सचिव छन् । बाँकी सबै प्रचण्ड र माधव समूहका हुन् ।
क्र.स.क्र.स.नामपदसमूह१रोल्पासुरेन्द्र घर्तीअध्यक्षप्रचण्ड-माधवहरिबहादुर घर्तीसचिवप्रचण्ड-माधव२रूकुम पूर्वमेघबहादुर श्रेष्ठअध्यक्षप्रचण्ड-माधवसतमान पुनसचिवओली३नवलपरासीभविश्वर तिवारीअध्यक्षप्रचण्ड-माधवतुल्सी पासीसचिवओली४दाङटीकाराम खड्काअध्यक्षप्रचण्ड-माधवसुबास पुनसचिवप्रचण्ड-माधव५बाँकेआइपी खरेलअध्यक्षप्रचण्ड-माधवअशोक कोइरालासचिवप्रचण्ड-माधव६बर्दियाभवनकुमार थारुअध्यक्षप्रचण्ड-माधवलालबहादुर श्रेष्ठसचिवओली७रूपन्देहीशिवराज सुवेदीअध्यक्षओलीनिर्मल जिसीसचिवप्रचण्ड-माधव८कपिलवस्तुशिवराज सुवेदीअध्यक्षओली रामचन्द्र शाह ठकुरीसचिवप्रचण्ड-माधव९अर्घाखाँची चेतनारायण आचार्यअध्यक्षओलीठाकुर विकसचिवप्रचण्ड-माधव१०गुल्मीमधुकृष्ण पन्त






















