देश

भरतपुरमा छोरीलाई जिताउन प्रचण्डले मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएः ओली

जगत ठाडा मगर
२०७७ पुस १५ | मध्यान्ह ०७:०९ बजे

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएको आरोप लगाएका छन्। बबरमहलस्थित एक ब्यांकेटमा बुधबार आयोजित राजधानीमा उपलब्ध सुदूरपश्चिमका नेता तथा कार्यकर्ताको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

प्रचण्डले कांग्रेससँग मिलेर पनि छोरी जिताउन गाह्रो थियो। छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्नुभएको थियो, उनले भने, हामी मिलौं। हाम्रा संविधानको सर्वोच्चताका नीति, कार्यदिशा एकै भएपछि अलग्गै बस्नुको अर्थ छैन भनेर मैले उहाँसँग प्रस्ताव राखेको थिएँ। हामी मिल्यौँ।’ यो एकता लामो समयसम्म नटिक्नुको कारण प्रचण्ड स्वयं भएको उनको आरोप थियो।

कमेन्टहरु