देश

बागमती प्रदेशको लोकसेवा आयोगद्वारा पाँचौ तहका ११ सय ५२ जना कर्मचारी माग

नवलपुर टुडे
२०७७ पुस १३ | बिहान ११:०९ बजे

हेटौंडा । बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले आज विज्ञापन गर्दै ठुलो संख्यामा एकैपटक कर्मचारी माग गरेको छ । प्रदेश लोकसेवा आयोगले पाँचौ तहका एक हजार १ सय ५२ जना कर्मचारी एकै पटक माग गरेको हो । आयोगले आज राष्ट्रिय पत्रिका मार्फत विज्ञापन गर्दै कर्मचारी माग गरेको हो । यस अघि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको छ । त्यसको आबेदन समेत लिएको छ ।

आज माग गरिएका कर्मचारीहरु बागमती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा स्थानीय तहमा रित्त रहेका स्थानमा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले नवलपुर टुडेलाई जानकारी दिनुभयो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय र ६२ वटा स्थानीय तहलाई आवस्यक ११ सय ५२ जना कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

प्रदेश लोकसेवा आयोगले खुल्ला तर्फ ५ सय ३८ जना, जेष्ठता तर्फ ४ सय ७ जना, कार्यक्षमता तर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगिता तर्फ ९ जना, कार्यसम्पादन तर्फ २ जना माग गरिएको उहाँले वताउनुभयो । प्रदेश लोकसेवा आयोग गठन भएपछी कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।

कमेन्टहरु