देश

गृहमन्त्री बादलले अन्ततः केपी ओलीलाई दिए साथ

जगत ठाडा मगर
२०७७ पुस ९ | मध्यान्ह ०१:०९ बजे

३० महिनामै पार्टी फुटको अवस्थामा पुगेपछि वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका छन् ।

प्रतिनिधिसभा विघटना पश्चात केहीदिन तटस्थ बसेका बादल अन्ततः प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुगेका हुन् । बादल निकट एक केन्द्रीय सदस्यका अनुसार बादल प्रधानमन्त्री ओलीलाई साथ दिने निर्णय पुगेका हुन् ।

बादल ओलीतिर जाँदा भने एक्लै गएका छन्। उनका राजनीतिक सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’सहित उनको पूर्वसमूहमा रहेका सबै नेताहरू प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा लागेका छन्।

कमेन्टहरु