देश

प्रबास सभा मलेसियाद्वारा नवलपुर जिल्ला सभालाई आर्थिक सहयोग उपलब्ध

नवलपुर टुडे
२०७७ पुस ७ | मध्यान्ह १०:०९ बजे

नवलपुर । गण्डकी प्रदेशको पश्चिम नवलपरासीको नवलपुर जिल्लामा मंगोलवाद अभियान आन्तरिकरुपमा व्यापक बढाईरहेको अबस्थामा अझै शसक्त ढंगले आक्रमणरुपमा अगाडि बढाउने संघीय सभा र नवलपुर जिल्ला सभाको योजना अनुसार दुईवटा कार्यक्रम तय गरेकोले उक्त कार्यक्रम सफल बनाउनको लागि प्रबास सभा मलेसियाले आर्थिक सहयोग गरेको छ ।

प्रबास मलेसियामा रहेर आफ्नो अस्तित्व र भुमिको चिन्ता गरिरहनुभएका प्रबासियका मंगोलप्रेमीहरुले प्रबासमा पनि संगठित भैइ, देशका स्वाधिनता रक्षा र मुलबासीहरुको हकअधिकारको निम्ति बुलन्द आवाज उठाई देश तथा बिदेशमा मंगोलवाद प्रशिक्षण र संगठन बिस्तार गरिरहेका मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठन बिस्तारको लागि प्रबास सभा मलेसियाले निरन्तर सहयोग गरेका छन ।

त्यसैक्रममा प्रबास सभा मलेसियाले आर्थिक तथा प्रशिक्षण सभा मंच गठन गरि उक्त सभाले सहयोग रकम संकलन गरि नवलपुर जिल्लालाई आर्थिक सहयोग गरेका छन । प्रबास सभा मलेसियाका कोषाध्यक्ष इन्द्र बम्बुले राईको नेतृत्वमा संकलित आर्थिक सहयोग, सहयोगीदाताहरुको नामावली क्रमशः डम्बर राई RM50/-, इन्द्र वम्बुले राई RM100/-, ताइवाङ्ग मंगोल RM100/-, भगेन राई RM100/-, सन्तोष थामी RM50/-, चित्र वम्बुले राई RM100/-, काजी राम राई RM 50/-, राज दर्लामी मगर RM150/-, भिम कुमार राई RM50/-, दुर्योधन राई RM 50/- र जिबि गुरुङ RM150/- रहेको छ ।

उक्त आर्थिक रकम मलेसियन रिङ्गेट जम्मा RM950/-को मंगलबारको बिदेशी बिनिमय दर अनुसार नेपाली रुपियाँ २७,६५०/- ( अक्षरुपी सत्ताईस हजार छ सय पचास ) मात्र संकलन गरि प्रबास सभा मलेसियाका अध्यक्षलाई हस्तान्तरण गरि प्रबास सभा मलेसियाका अध्यक्ष जिबि गुरुङले नवलपुर टुडेका प्रबन्ध निर्देश जगत ठाडा मगरको नाममा मंगलबार पठाउनु भएको प्रबास सभा मलेसियाका सचिब राज दर्लामी मगरले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

त्यसैगरी नवलपुर जिल्ला सभाका अध्यक्ष चित्रबहादुर थापा मगरले प्रबासमा रहेर नवलपुर जिल्ला सभालाई मंगोलवाद अभियानका लागि सहयोग गर्नुहुने प्रबास सभा मलेसियाका सम्पुर्ण पदाधिकारी तथा सहयोगीदाताहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ ।

कमेन्टहरु