केन्द्रीय कमिटि बैठक बालुवाटारमा सुरु

नवलपुर टुडे
२०७७ पुस ७ | बिहान ११:०९ बजे

पुस ७,काठमाडौं ।
बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा ओली पक्षका केन्द्रीय ुसमितिका सदस्यहरु सहभागी रहेका छन् ।
उक्त बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधव कुमार नेपाललाई पार्टीबाट आन्तरिक कारबाही गर्ने तयारी छ ।


















