आज बिहान ९ बजे प्रधानमन्त्रि ले बोलाए केन्द्रीय कमिटी बैठक

नवलपुर टुडे
२०७७ पुस ७ | बिहान ०७:०९ बजे

अाज बिहान ९ बजे प्रधानमन्त्रि ले बोलाए केन्द्रीय कमिटी बैठकपुस ७,काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएको नवलपुर टुडे लाई जानकारी दिए ।
यसअघि (नेकपा)को आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।






















