कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण

जगत ठाडा मगर
२०७८ माघ १३ | मध्यान्ह ०५:१० बजे

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए।
मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेसनमा रहने उनले जानकारी दिए।






















