देश

राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण आज सार्वजनिक गरिँदै

जगत ठाडा मगर
२०७८ माघ १२ | बिहान ०९:१० बजे

काठमाडौं, माघ १२ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक गरिने भएको छ। केन्द्रीय तथ्यांक विभागले आज बिहान १० बजे विवरण सार्वजनिक गर्ने जनाएको छ।

प्रारम्भिक नतिजामा महिला र पुरुषसहित देशको जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले बताए । अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उनले बताए।

विभागले भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घर–परिवारको सूचीकरण गरेको थियो। त्यस्तै, कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना गरेको थियो।

कमेन्टहरु