सरावलमा पत्रकार, जनप्रतिनिधि, अभिभावक, सरोकारवाला र बालबालिकाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न


रामजी प्रजापति
नवलपरासी, माघ ८ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ मा पत्रकार, जनप्रतिनिधि, अभिभावक, सरोकारवाला र बालबालिकाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सरावल गाउँपालिका वडा नं ६ को आयोजना एवम् सहयोग, वडा स्तरीय बाल क्लब संजाल सरावल ६ को सहकार्य तथा समृद्धि सामाजिक विकास संस्था सरावल – ६ को सहजिकरणमा अन्तरक्रिया कार्यक्रम जन जागृति आधारभूत बिद्यालयमा सम्पन्न भएको हो ।
समृद्धि सामाजिक विकास संस्था सरावल – ६ का अध्यक्ष सुरेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिका वडा नं ६ का बडा अध्यक्ष कैलाश यादवको प्रमुख आतिथ्यता एवम् वडा नं ६ का वडा सदस्य बिन्दा देबि धोबीको विशिष्ट आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा नेकपा माओवादीका प्रतिनिधि पारस नाथ गुप्ता, राप्रपाका लक्ष्मी कान्त चाैधरी, जनमत पार्टीका जिल्ला सह-सचिव अशाेक कुमार चाैधरी, समाजसेवी काेहिनुर अन्सारी, वडा नं ६ का कार्यालय सहयाेगी रामजतन यादव, जन जागृति आधारभूत बिद्यालय पुसाेैलीका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद कुर्मी, शिक्षक एवम् दलित वर्ग सशक्तिकरण सरावल ६ का सचिव शिव रतन हरिजन, समृद्धि सामाजिक विकास संस्थाका उपाध्यक्ष पिङ्कला चाैधरी, काेषाध्यक्ष बिष्णु कुमारी चाैधरी लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार सदस्य अशाेक कुमार गाैतमले राख्नुभएको थियाे । कार्यक्रम सञ्चालन पत्रकार महेश यादवले गर्नुभएको थियाे ।






















