देश

नेकपाकाे ८३ सांसदले राट्रपतिलाई लेखे पत्र । के थियो त पत्रमा ? (पत्रसहित)

नवलपुर टुडे
२०७७ पुस २ | बिहान ०८:०९ बजे

काठमाण्डाै। संसदको अधिवेशन माग गर्दै नेकपाका ८३ सांसदले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुरोध पत्र लेखेका थिए।

८३ सांसदको हस्ताक्षर लिएर नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल शितल निवास पुगे पनि पत्र दर्ता भने भएन।

IMG 20201217 082708 337

राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले दर्ता नगरी सम्पर्कबिहिन भएको स्थायी समिति सदस्य रावलले बताएका छन्।
आफूहरूको पत्र दर्ता नभएसम्म नफर्किने भन्दै रावल र भुसाल ६ घन्टाभन्दा बढी शितल निवासमै बसेका थिए।

स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीले आइतबार ल्याएको अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपछि राष्ट्रपतिलाई पठाइएको पत्र फिर्ता लिने सहमति भएको हो।
पत्रमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएको विषयमा छलफल गर्न जरुरी रहेकाले संसद बैठक बोलाउन माग गरिएको छ।

जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात संवैधानिक परिषद (काम कर्तर्वय र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ,’ पत्रमा भनिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्बोधन गरी लेखिएको पत्रमा प्रतिनिधि सभाको बैठक चालु नरहेको र बैठक बोलाउन बाञ्छनीय रहेको भनिएको छ।

संविधानको प्रावधान अनुसार प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाई बढी सांसदहरूले अबिलम्ब बैठक बोलाउन अनुरोध गरेको समेत पत्रमा उल्लेख छ।

कमेन्टहरु