देश

प्रचण्डलाई ओलीको फोन : शीतल निवास पुर्‍याएको हस्ताक्षर फिर्ता ल्याउनुस्

जगत ठाडा मगर
२०७७ पुस १ | मध्यान्ह ०३:०९ बजे

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ ।

नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । यो सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले अर्का प्रचण्डलाई फोन गरेका छन् ।

उनले संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पुर्‍याइएको हस्ताक्षर तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

जवाफमा प्रचण्डले पहिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुस् भनेका छन् । स्रोतका अनुसार फोनमै दुई नेताबीच केहीबेर भनाभन भएको थियो ।

त्यसपछि अहिले दुई नेता छलफलमा जुटेका छन् ।

कमेन्टहरु