देश

नवलपरासीमा बाइक दुर्घटना हुँदा एक घाइते

जगत ठाडा मगर
२०७८ माघ ५ | मध्यान्ह ०८:१० बजे

बिनोद मण्डल
नवलपरासी, ०५ माघ । नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं ४ बैरीहवा स्थित आज करिब साझ ६:३० बजेको समयमा बाइक दुर्घटना भएको छ ।

ना ३ ख ९५४५ नम्बरको ट्रक चालकले गाडी बनाउनको लागि मिस्त्री लिन परासी गएको अवस्थामा पछाडिबाट आएको भारतीय प्लेट नम्बरको एन. एस. पल्सर २०० सीसी भएको UP 56 an ४३५३ बाइक ठोकिँदा बाइकमा सवार चालक गम्भीर घाइते भएको छ ।

घाइतेको उपचार अहिले जिल्ला अस्पताल परासीमा भइरहेको स्थानिय दिलीप गुप्ताले जनाएका छन् ।

कमेन्टहरु