देश

भारतमा माहात्मागान्धी, दक्षिण अफ्रिकामा नेलशन मण्डेला र अमेरिकी बाराक ओबामा लडे जस्तै नेपालका मुलबासी अस्तित्व र भुमिको निम्ति लडिरहेका छ्न

नवलपुर टुडे
२०७७ पुस १ | बिहान ०९:०९ बजे

काठमाडौ । हिजो एक जना युगपुरुष डा.गोपाल गुरुङ राण र राजा संगै एक्लै लडे आफ्नो सन्तानका लागी, आज वहाँको भौतिक शरीर हामी माझ नभए पनि वहाँ जस्तो हजारौं युबा कल्पनाको नेपाल बुझ्ने जमात हुर्कदै छ । हाललाई यस्तो जमात सृजना भएको नै रहेनछ, भन्ने अनुभव भएको थियो । तर एकाइशौं शताब्दीमा अस्तित्वहीन भएका हामी फेरि अस्तित्वको खोज र गुमेको भुमिको निम्ति जुटेको अनुभुती भएको मलाई लाग्यो । हाम्रो लडाई अस्तित्व र भुमिको निम्ती हो । त्यसैको निम्ति पहिलो चरणमा गणतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको आवश्यक्ता थियो त्यो आएको छ । तर नक्कली र कागजको खोष्टो रुपमा मात्र आएको छ । यसलाई सक्कली बनाउनु छ । यसमा हामी देशभक्त युबा जुट्नु जरुरी छ । अझै पनि हामी युबा नजुटे एक दिन हामी मात्र होइन, हाम्रा सन्तान देश बिहिन हुने पक्का छ । यसको निम्ति आजै देखि देश तथा बिदेशमा रहेका हामी युबाहरु जुट्नु पर्छ । गाउँ देखि शहर सम्म सुतेका मान्छेलाई ब्युँझाउन जरुरी छ ।

पितललाई सुन भनि दिदाँ सुन भनेर रमाउने नेताहरुमा त्यो बुझ्ने क्षमता रहेनछ । यिनिहरुको रगत रगतमा ४५० बर्ष देखिको दास्ता दौडिरहेको छ । हामीलाई रणबहादुर शाहले सन १७९६ मा मतवाली भनी दियो र ब्रह्माण्डको खुट्टा हिन्दु समाजको शुत्र अथवा कुकुर सरह बनाई दियो । यसैलाई सहर्ष स्विकार्दाको परिणाम हाम्रो समाजमा निरन्तर नशालागे जस्तै लठ्याई रहेको छ । आज त्यही ब्रह्माण्डको खुट्टा ढोग्नु र आफ्नो स्वार्थको लागि ठुला राजनीति भनौदाका झोले भएर हामिलाई अधिकारबिहिन बनाएर उल्टै हामी युबाहरु प्रति प्रश्न गरिरहेको छ । हुन त गलतबाटो हिड्ने बानी परिसकेकाले कुन सहि कुन गलत छुट्टाउन नसक्नु हाम्रै झोलेहरुको पनि कम्जोर हो ।

हिजो अस्ति सम्म मतवाली भन्न गर्भ गर्थ्यो । अब बाहुनको पैताला चाट्ने देश नै नहुने जमात जनजाति फिरिङगे Gypsy बनाई दिएको छ । त्यसमा मख्ख छ । अस्तित्व विहिन हुनु भनेको किरा फट्याङ्ग्रा सरह हुनु हो जसलाई न बाँचेको थाहा छ, न मरेेको थाहा छ । पद्मा सुन्दर लावती एसएलसी सम्म पास नगरेको मान्छेलाई राजा महेन्द्रले शुद्र बनाएपछि अर्थात बाहुनको खुट्टा कुकुर सरह बनाए पछि गृहमन्त्री दिएको थिए । अहिले मन्त्री बनाएका हाम्रा मान्छेलाई एकातिर हिन्दु समाजको अति शुद्र अछुत जाति जनजाती बाहुनको पैताला बनाइए, अस्तित्वहीन बनाइएपछि मन्त्री पदमा पुर्‍याइएका छन ।

बाहुनको पैताला चटाएर र देशै नहुने ब्यक्ति जनजाति Gypsy बनाएर एक / दुई जनालाई भरिया,अरौटे,भरैाटे र बैठके बनाएर मन्त्री पद त हिजो महेन्द्र ,विरेन्द्र काङ्ग्रेस र एमालेले र माओबादीले पनि दिएकै थिए । दयाको पात्र बनाएर यो कुन ठुलो कुरा भयो र ? हाम्रो लडाई अस्तित्व र भुमिको निम्ति हो । आफनो मुलुकमा आफनो छोरा, नाति, नातिनि र आगामि शताव्दीऔ शताब्दी पछि जन्मने तपाई हामी मूलवासी मंगोलको सन्तानको निम्ति मान्छे भएर बाच्ने बैचारिक लडाई हामी लड्दैछौ र हामी सबै एक भएर लडौं ताकी हाम्रो सन्तान मान्छेको अधिकार लिएर बाँच्ने निस्चित छ ।

हाम्रो लडाइँ दास्ताबाट मुक्ति दिलाउने लडाई हो । भारतमा माहात्मागान्धीले लडे जस्तो दक्षिण अफ्रिकामा नेलशन मण्डेलाले लडे जस्तो र अमेरिकी काला राष्ट्रपति बाराक ओबामाले भने जस्तो । यो हाम्रो दर्शन अस्तित्वको लडाई बुझ्ने क्षमता राख्न नयाँ पिडि तयार हुदैछ । नयाँ पिडि जन्मदैछ । यो मतावाली शुद्र अतिशुद्र जनजाति फिरिङ्गे देश नै नहुने जमातले त्यो एक रति पनि बुझ्न सक्दैन ।

माओवादीकोे नाममा गरिएको लुटपाट, तस्करी र लुटेर मोज गरिरहेका, कमाएका अतुल सम्पति र शक्ति दिर्घकालिन होइन । त्यसैले मुलबासी दयामा होइन, अधिकारमा बाच्नु छ । काङ्ग्रेस शक्तिमा आयो सन १५५९ मा हाम्रो पुर्खाकोे टाउको काटेको खुसियाली मनाउन विजया दशमीको घोषणा गर्‍यो । महेन्द्रले १९६६ मा गाईलाई राष्ट्रिय जनावर बनाए । अमर युग पुरुष डा.गोपाल गुरुङको भनाई सम्झदा र वकालत गर्दा जस्ताको तस्तै उतार्ने र वहाँको दर्शन र सपना पूरा गर्न नेपालका मुलबासी मंगोल युबाहरु जुर्मुराउदैछ । एकदिन देशमा आधिबेहरी ल्याई मंगोलराष्ट्रबाद स्थापना गर्न तत्लिन छन ।

लेखक / जगत ठाडा मगर

कमेन्टहरु