देश

कोरोना संक्रमण हालसम्मकै उच्च रेकर्ड, ११ हजार ३५२ जनामा पुष्टि

जगत ठाडा मगर
२०७८ माघ ५ | मध्यान्ह ०४:१० बजे

काठमाडौं, ०५ माघ । काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै ४ हजार ६६६ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः १ हजार १९ र ५७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोमबार देशभर ११ हजार ३५९ जना संक्रमित थपिएका छन्। यसअनुसार कुल संक्रमितको आधाभन्दा बढी संख्या उपत्यकामै रहेको छ।

पछिल्लो समय संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि दिनानुदिन बढिरहेको छ।

 

कमेन्टहरु