बिना सुचना पनिका बन्द, बल्खुमा विद्यार्थीको आक्रोश


काठमाडौ, ०५ माघ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलयप्रति विद्यार्थीले असन्तुष्टि पोखेका छन् । परीक्षासँग सम्बन्धित काम लिएर कार्यलय पुगेका विद्यार्थी गेटमा ताला लगाएको देखेपछि आक्रोशित बनेका हुन् । पूर्वसूचना नै नदिइ कार्यालय बन्द गरिएकोमा उनीहरूले आपत्ति जनाएका छन् ।
परीक्षा नियन्त्रण कार्यलयमा रजिस्ट्रेसन, ट्रान्सक्रिप्ट, नाम परिवर्तन गराउने जस्ता समस्या लिएर पुगेका विद्यार्थी आक्रोशित सुनिएका हुन् । विद्यार्थी र प्रशासनबीच केहीबेर भनाभन पनि भएको छ ।
‘पूर्वसूचना नदिइ एकाएक किन बन्द गरेको ? काठमाडौंका विद्यार्थीलाई त सजिलै छ, हामी टाढाबाट आएकालाई त अफ्ठेरो पर्छ नि । एक्कासि बन्द गर्दिएर हुन्छ ?’ एक विद्यार्थीले भने ।
परीक्षा नियन्त्रण कार्यालय भने ११ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बन्द गर्नुपरेको प्रतिक्रिया दिएको छ । ‘कार्यालयका ११ जना कर्मचारीमा कोरोना देखिएपछि एकाएक बन्द गर्नुपरेको हो । यस्तोमा बन्द गर्नुको विकल्प पनि के छ र ?’ सहायक नियन्त्रक घनश्याम ठाकुरले बताए ।






















