विचार/ब्लग

यलुङ लिपि (थामी लिपि) को महत्व

जगत ठाडा मगर
२०७८ माघ ५ | मध्यान्ह ०३:१० बजे

दोलखा, ०५ माघ । काठमाडौको पहिलो प्राचीन नाग जाति भनेर चिनिन्दै आएका थम्बु समुदाय माथि जम्बु दिपबाट भाग्दै आएका कृष्ण भगवानद्वारा दमन भए पछि काठमाडौमा थम्बु समुदायको बिस्तापित भएपछि काठमाडौमा गोपाल वंश ( कृष्ण भगवान ) को आराम्भ भयो ।

गोपाल जातिले, थम्बु(नाग)जातिलाई काठमाडौको बागमतिको किनारमा दमन गरेपछि काठमाडौका सबै थम्बु जाति भाग भाग भए काठमाडौबाट ज्यान जोगाउदै सिम्घ्राटसम्म पुगे त्यसपछि तामाकोसी किनार आसपास छरिएर बसोबास गर्न लागे । तामाकोसी किनार किनारै हुदै केहि थम्बुहरु दोलखा नागदह दोल्ति खोला सम्म पुगे, दोलखाको किराँतीछापमा कैलाश राजाले आफ्नो पहिलो किपट थलो बनाई बसे । कैलाशहाङ राजाको बाख्रा भेडा गोठ थियो त्यो समय पशु पालन युग थियो । दोलखा र रामेछापको बीच शैलुङमा कैलाश राजाको बाख्रा र भेडा गोठ थियो उक्त ठाँउमा यलम्बर राजाको जन्म भयो, यलम्बर राजाको न्वारानको नाम यलुङ थियो त्यहि यलुङ नामबाट नै शैलुङ नाम रहन गएको भन्ने कुरा प्राचिन नेपालको इतिहासबाट प्रष्ट हुन्छ ।

यलम्बर थम्बु ठुलो भए पछि काठमाडौ आउनु भयो त्यो बेला काठमाडौमा महिशपाल वंशि भुवन सिङ राजाहरुले राज्य गरि रजाई गरिरहेको देखेर यलम्बर थम्बु राजाले मेरो पुख्र्यौली राज्यमा बैरिको रजाई भए छ भनि महिसपाल राजा भुवन सिङ संग लडाई गरि काठमाडौमा फेरि यलम्बर थम्बु राजाले आफ्नो भुमि फिर्ता हासिल गर्नु भो र काठमाडौमा विशाल किराँत राज्य संचालन गर्नु भयो । त्यसपछि विशदेवका पनाती शंकर देबका नाती, धर्म देवका छोरा लिच्छवी मानदेव राजा दुश्मनहरुले आक्रमण गरि गस्ति हाङ राजाको पालामा च्यासलमा ८०० थम्बु किराँती मारेपछि काठमाडौ किराँत राज्यको पतन भयो ।

वास्तविक किराँती जाति बारे गोपाल वंशवलिमा लेखिएको जसरी तामाकोसी किनार किनारै बसोबास गरि आएको जाति नै किराँती यलम्बर राजाका सन्तान थम्बु (थाङमी) हुन भन्ने यथेष्ट प्रमाण छ । अहिले पनि थम्बु भाषामा काठमाडौका धेरै ठाँउहरुको नामहरु पाइन्छ ।

जस्तै : टुडिखेल, ठिमी, साङा, भाटेढिकुर, कोटेश्वर, थानकोट इत्यादि !

किराँत काल काठमाडौं उपत्यकामा पाइएका नि‍योलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि‍, नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको छ । यसले किराँत जाति मानिसहरू लगभग ९००० वर्ष अगाडी यहाँ बसोबास गर्ने देखाएको छ । किराँती ढुङ्गे युग र पशुपालन युग भन्दा अगाडिका र हिमाली पहाडीहरूको एक भुमीपुत्र मुलबासी हो । जुन शिवलेक पर्वतबाट मध्य एशिया, भारत र हिमालय धेरै ठाँऊमा छरेर बस्न थाले । किराँत काल(काठमाडौको नाग जाति )भन्दा पछि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ ।

किराँतकाल नै सुरुको काल हो । यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका राजा मध्य बैज्ञानिक र शक्तिशाली राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा मानिन्छ।

काठमाडौंको प्राचिन नाग वंश नै अहिलेको थाङमी किराती वंश हुन । प्राचिन हिन्दू धर्म ग्रन्थले पनि किराँतहरु अनार्य भन्दै आएको छ ।

तोरी हेगनका अनुसार काठमाडौंमा पहिलो बासिन्दा किराँत हुन भनेका छन् । प्राचिन भारतमा किरात नामक पुस्तक लेखक जिपी सिङले नेपाल उपत्यकाको पहिलो बासिन्दा किराँत नै हुन भनेका छन ।

प्रेमबहादुर माबोहाङ् र राजकुमार राई लेखकका अनुसार पाल्पाका राजा धर्म सिन्धुले काठमाडौंका राजा युक्नीहाङले दुई तिहाई सैनिक पाल्पा पठाई त्यही मौकामा मुजपुरका लिच्छबी राजा भुमी बर्मले नेपाल उपत्यका युद्ध गरे थोरै सैनिकको कारण राजा युक्निहाङ बनेपा तिर लागे बनेपा मै मरे भन्ने इतिहास पनि लेखेका छन ।

यलुङ लिपि :-थम्बु (थामी) समुदायको लिपि हो । यो सबै इतिहास अपुरो हुनमा काठमाडौंको शासक वर्ग नै थम्बुहरु थिए उनिहरु राज्य छोडेर भागे ८०० जना पाटनको च्यासलमा मारिय त्यसपछि २ जना भागेर सिम्राङ्घाट पुगे त्यहाँबाट तामाकोशी किनारै किनार दोल्ती खोला हुदै दोलखा नागदह देखी उकेसुकु र बेती सुखूको ९ भाई छोरा मध्ये एक भाई यापयि छूकु सुस्स्पा र अरु लापिलाङ, बन्चरे, बाबरे कालिन्चोक, थामिचागू, आलाम्पू, बिगु उता पिस्करसम्म पुगे अहिले सिन्धुपलाञ्चोक, रामेछाप, सिन्धुली नेपालको २४/२५ जिल्लामा छरेर बसेका छन ।

कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरू गस्तिहाङ वंशलाई खेदेर लिच्छवी वंशको राज्य स्थापना गरे ।

इतिहासविद :- मदन थामी

कमेन्टहरु