मुख्य समाचार

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी बिष्णुकुमार केसी

जगत ठाडा मगर
२०७८ माघ ३ | मध्यान्ह ०७:१० बजे

काठमाडौं, ०३ माघ । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिष्णुकुमार केसीलाई दिइएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी केसीलाई प्रहरी प्रधान कार्यालयले प्रवक्ताको जिम्मेवारी दिएको हो । एसएसपी केसी यस अघि नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी केसीलाई प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस अघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी बसन्तबहादुर कुँवरको महानगरीय अपराध अनुसन्धान महाशाखामा सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले केहि दिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) मुकुन्दराज आचार्यलाई दिइएको थियो ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआइजीपी आचार्यले ४ दिन मात्रै प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

कमेन्टहरु