चिसोसंगै आम जीवन कष्टमय बन्दै


बिनोद मण्डल
सिरहा, ०३ माघ । हिउँदे मौषम अर्थात् जाडो याममा पस्चिमी वायुको प्रभाव नेपालको सबै भागमा यतिबेला बिधमान रहेको छ । प्राकृतिक विपत्तिका कारण आम नेपाली एकातिर कोरोना विरुद्धका लडाईमा छन् भने अर्कोतिर शितलहरको मैदानमा उत्रिएका आम मानिसको जीवन कष्टमय बन्दै गएको छ ।
पश्चिमी वायुको प्रवेश नेपालको पश्चिम भूभागबाट प्रवेश हुने भएकोले अनुपातिक रूपमा पश्चिम नेपालमा बढी शीतलहर हुने गर्दछन् । यतिबेला मानिसहरू जाडोबाट बाँच्नको लागि पालिकाहरुले सडक छेउमा वितरण गरेको दाउरामा आगो बालेर जाडोलाई छलिरहेका छन् ।
जाडोले गर्दा मुख्य व्यापार व्यवसाय यतिबेला जोखिममा रहेका छन् । जीव जनावरका लागि समेत कोशेढुंगा सावित भएको शीतलहरबाट गरीब र विपन्न परिवारका कैयौ मानिसहरू यतिबेला बाँच्न पराल, गुन्द्री ओढेर जीवन जिउन विवस भएको छ । कृषिजन्य बालीहरू पनि नियमितको चिस्यानले बिग्रिन थालेको अवस्था देखिन्छ ।






















