देश

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश

जगत ठाडा मगर
२०७८ माघ ३ | मध्यान्ह ०६:१० बजे

काठमाडौं, माघ ३ । प्रदेश २ को नाम मधेस नामाकरण भएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।

प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाई बहुमतका साथ प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो । संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद सहभागी थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिएका थिए ।

सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन् । उनले प्रदेशको नाम मधेस स्वीकृत भएसँगै अन्य नामहरु स्वत: निस्क्रिय भएको जानकारी दिए ।

कमेन्टहरु