देशभर ६७३४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ माघ ३ | मध्यान्ह ०५:१० बजे

काठमाडौं, माघ ३ । पछिल्लो २४ घण्टामा देशभर ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमित संख्या ३०८७७ जन रहेका छन् । २४ घण्टामा देशभर १४३३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।






















