देश

पर्यटनमन्त्री प्रेम आले मगरलाई कोरोना संक्रमण

जगत ठाडा मगर
२०७८ माघ ३ | बिहान ११:१० बजे

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा मन्त्री आलेमा स्रंक्रमण पुष्टि भएको उनकाे सचिवालयले जानकारी दिएकाे छ ।

मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आले पछिल्लाे पटक विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

आइतबार मात्रै उनी पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेकाे धर्मशालाका साथै नारायणहिटी संग्रहालयकाे अवलाेकनमा पुगेका थिए । सचिवालयले आफूहरूकाे सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

कमेन्टहरु