मनोरन्जन

भ्वाइस किड्स सिजन १ को उपाधि टिम प्रमोदका जेनिश उप्रेतीले उचाले

जगत ठाडा मगर
२०७८ माघ २ | बिहान ०७:१० बजे

काठमाडौ । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीले जितेका छन् । झापाका जेनिश पहिलो सिजनको द भ्वाइस किड्सका बिजेता बनेका हुन् ।

विजेता बनेसँगै उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । शनिबार भएको ग्रान्ड फिनालीमा आठजना प्रतिस्पर्धीबीच उनी छानिएका हुन् ।

दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको आयोजक पक्षले जनाएको छ । टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

द भ्वाइस किड्सको निर्णायकमा गायक प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

 

कमेन्टहरु