देश

पुर्वमन्त्रि बस्नेतकाे अगुवाइमा बार्हबिसेमा पनि काँग्रेसकाे बिरोध र्यालि

नवलपुर टुडे
२०७७ मंसिर २९ | मध्यान्ह ०६:०८ बजे

मंसिर २९,सिन्धुपाल्चाेक।
नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार कम्युनिस्ट सरकारको ज्यादती विरुद्ध नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को आयोजनामा सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा दसौं हजारको उपस्थिति सहित विशाल प्रदर्शन गरियकाे थियाे।

IMG 20201214 182104 490

सरकारकाे कुकार्य विरुद्धको माहाअभियानमा जिल्लाका गाउँ गाउबाट ठूलो संख्यामा बृद्द बृद्दा,युवा युवती साथै काँग्रेसका सयाै समर्थक हरुकाे उक्त बिराेध र्यालिमा सहभागी भएकाे कुरा पुर्ब मन्त्रि माेहनबहादुर बस्नेतले नवलपुर टुडे लाई जानकारि दिए।

IMG 20201214 181946 039

साथै मन्त्रि बस्नेतले” केन्द्रिय समितिको निर्देशन अनुसार गरिएको यस कार्यक्रमका आयोजक साथिहरु लगायत सहभागी एवं सहयोगी सम्पुर्णमा कृतज्ञता व्यक्त गर्दछु । साथै, कार्यक्रममा पार्टी प्रवेश गर्नुहुने सम्पुर्ण साथिहरुलाई नेपाली काङ्ग्रेसको विचार र सिद्धान्तको धरातलमा हार्दिक स्वागत गर्दछु ” भन्दै उक्त र्यालिमा सहभागी सम्पुर्ण धन्यबाद दिएकाे थियाे

साे बिराेध र्यालि सिन्धुपाल्चाेककाे बार्हबिसे बजारमा अायर समापनभएकाे पनि मन्त्रि बस्नेतले बताए।

कमेन्टहरु