देश

चाँगुनारायण नगरमा नगर अस्पताल सुरु

नवलपुर टुडे
२०७७ मंसिर २८ | मध्यान्ह ०३:०८ बजे

मंसिर २८,भक्तपुर ।
शहरी विकाश मन्त्री कृष्ण गोपाल श्रेष्ठले विरोधीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन होस् भनेर धूप हाल्नु बेकार भएको बताएका छन् । चाँगुनारायण नगरपालिकाको नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने ‘कसैले धूप बालेर पार्टी फुटी हालोस्, सरकार ढलि हालोस भनेपनि कारखानाबाट निकाले सबै धूप बालेपनि पार्टी फुट्दैंन् ।’
नेपाली जनातले इतिहास निर्माण गर भनेर नेकपालाई दुई तिहाई नजिकको मत दिएकाले जनचाहाना अनुसार नै नेकपा एक हुने उनको भनाई छ । ‘नेकपा समुन्द्र हो समुन्द्रमा सानोतिनो छाल आउनु सामान्य हो, विरोधी खुसी हुनु पर्ने कारण छैन्,’ मन्त्री श्रेष्ठले भने । सत्तारुढ पार्टीको एकता नै अहिलेको प्रमुख आवश्यक भएको भन्दै मन्त्री श्रेष्ठले यसको व्यवस्थापन गर्न पार्टी सक्षम रहेको बताए ।
केपी शर्मा ओलीले चुनावपछि सरकार र १०औं महाधिवेशनपछि पार्टी अध्यक्ष छोड्छु भन्ने बचन दिएकाले अहिलेको पार्टी एकताको बटम लाईननै त्यहीँ भएको मन्त्री श्रेष्ठको भनाई छ । कार्यक्रममा बोल्दै शहरी विकाश मन्त्री श्रेष्ठले भने ‘जनताले केपी ओलीलाई नै पाँच वर्ष प्रधानमन्त्री हुन् दिएकाले बिचैमा सरकारको झोला फया्केर जान मिल्दैन् ।

’सरकारले मंसिर १४ गते देशभरका स्थानीय तहमा एक अस्पताल शिल्यान्यास गरे स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको उनले बताए । ‘अब गर्भवती महिलाले घर नजिकैको अस्पतालमा प्रसुती सेवा सक्ने छन्, अन्य विरामीले पनि टाढासम्म उपचारको लागि जानू पर्ने अवस्था आउने छैन,’ मन्त्री श्रेष्ठले नवलपुर टुडेगस भने ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले विगतमा स्वास्थ्य केन्द्र रहेकोमा त्यसलाई विस्तारगरि नगर अस्पताल निर्माण गरिएको बताए । आवश्यक सबै पूर्वाधार निर्माणको काम सकिएकाले अब कर्मचारी व्यवस्थापनपछि नगर अस्पताल संचालनमा आउने उनको भनाई छ ।

‘हामीले विज्ञापन गरेका छौं, १७ जना अहिले कार्यरत हुनुहुन्छ, नयाँ कर्मचारी आएपछि करिव पुसको पहिलो साताबाट अस्पताल सुरु हुन्छ,’ नगरप्रमुख मिश्रले भने । पहिलो चरणमा यो कोभिड विषेश अस्पताल हुने र कोरोना संक्रमण भएर घरमै बसेका चाँगुनारायणका बासिन्दालाई अस्पताल लानु पर्ने अवस्था आएमा यहिँ उपचार हुने नगरप्रमुख मिश्रले बताए ।
कोभिड अस्पताललाई आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन गरी हामी अस्पताल संचालन गर्ने छौं, नगरप्रमुख मिश्रले भने । प्रसुती, नाक कान घाटी, आँखा, ओपिडीलगायतका सेवा दिने तयारी नगर अस्पतालको छ । हाल १५ सामान्य शैया र अन्य दुई गरी १७ शैया रहेको छ ।

कमेन्टहरु