देश

कपिलवस्तुमा भतिजद्वारा आफ्नै काकीको बीभत्स हत्या

जगत ठाडा मगर
२०७७ मंसिर २८ | मध्यान्ह १२:०८ बजे

कपिलवस्तु । कपिलवस्तुमा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा महिलाको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका हुन् ।

चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको गएराती विभत्स हत्या भएको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलका अनुसार टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको छ ।

हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई पक्राउ गरेको हो । उनीहरुबीच अनैतिक यौन सम्बन्ध थियो या थिएन ? भन्ने खुलेको छैन् । तर उनीहरुबीचमा यौन सम्बन्ध रहेको र सम्बन्धमा दरार आएपछि भतिजले हत्या गरेको आशंका गरिएको छ ।

कमेन्टहरु