माओवादी केन्द्रको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना


विराटनगर, पुस १९ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना परेका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा ३२ जना निर्वाचित भएका हुन् । जसमा २२ जना केन्द्रीय सदस्य पुरानै दोहोरिएका छन् भने १० जना नयाँ छन् ।
केन्द्रीय कमिटीमा प्रदेश १ बाट खसआर्य युवा महिला कोटामा गीता तिम्सिना (मोरङ), मधेशी युवा सुरेन्द्र मेहता (सुनसरी), जनजाति महिला कोटामा ममता ताजपुरिया (मोरङ), जनजाति कोटामा पाँचथरकी सीता थेबे(पाँचथर), होमकुमारी खापुङ(पाँचथर), मणी खम्बू (उदयपुर), थारु युवाबाट अमनलाल मोदी(मोरङ), दलित महिला कोटाबाट धनमायाँ बिक (धनकुटा), घाइते अपाङ्ग कोटाबाट चम्पा कार्की (ओखलढुंगा) र खसआर्य महिला कोटाबाट लक्ष्मी न्यौपाने (झापा) केन्द्रीय सदस्य बनेका छन् ।
त्यस्तै सुरेन्द्रकुमार कार्की, सावित्रीकुमार काफ्ले, सुरेश राई, पदम राई, राजेन्द्र कार्की, सुदन किराँती, किरण राई, एकचन्द्र बराल, हेमराज भण्डारी, शिवकुमार बस्नेत र गोपी अछामी खुलातर्फबाट केन्द्रीय सदस्य बनेका छन् ।
प्रदेश १ बाट खसआर्य कोटाबाट धिरेन्द्र शर्मा, धर्मशीला चापागाई, समिता कार्की, खसआर्य युवाबाट दुर्गा चापागाईं, मधेशी कोटाबाट शिवकुमार मण्डल, जनजाति कोटाबाट अजम्बर राई, रामकुमार राई, जनजाति युवा कोटाबाट इन्द्रबहादुर आङ्बो र हेमकुमार राई केन्द्रीय कमिटीमा परेका छन् ।जनजाति महिलातर्फबाट दुर्गाजयन्ती राई र थारु महिला कोटाबाट रामकुमारी चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
माओवादीको विधान अनुसार केन्द्रीय समिति २९९ सदस्यीय छ । तर आठौं राष्ट्रिय महाधिवेशनले खुला र समानुपातिक गरी २३६ जना केन्द्रीय सदस्यहरुको नाम मात्र सर्वसम्मतिले पास गरेको छ । बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नै बाँकी छ ।






















