गायक राजेशपायल राईमाथि हातपात गर्ने शेर्पाले मागे माफी

जगत ठाडा मगर
२०७८ पुस १९ | बिहान ०८:०९ बजे

काठमाडाैं । न्युयोर्कको स्टेजमा गायक राजेशपायल राईमाथि दुर्व्यबहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पा संस्कृती अनुसार उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् ।
शेर्पाले माफी मागेको तस्बिर सार्बजनिक भएको छ जहाँ दुबै जना खुसी देखिन्छन् । शनिबार अमेरिकामा नयाँ वर्षको अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा गीत गाइरहेका राईमाथि शेर्पाले पछाडिबाट आएर अंगाल्दै भुईमा लडाउन खोजेको भिडियो सार्वजनिक भएको थियो ।
भिडियोमा शेर्पाको व्यवहारले गायक राई आक्रोशित दखिए पनि आयोजकले भने घटनाको बचाउ गरेको थियो । भिडियो सार्वजनिक भएपछि शेर्पाको त्यो हर्कतको सर्वत्र आलोचना भएको थियो ।






















