देश

महोत्तरीबाट पेस्तोलसहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ पुस १९ | बिहान ०७:०९ बजे

महोत्तरी । महोत्तरीबाट सशस्त्र प्रहरीले युएस मेड लेखेको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

आइतबार साँझ महोत्तरी लुहारपट्टी–९ पिपरादी इलाकाबाट सशस्त्रको खुट्वा पिपरादी वेसबाट गएको छिन्नमस्ता बाहिनी मातहतको टोलीले पेस्तोलसहित सोही ठाउँका २४ वर्षीय युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय मोहमद राजा कवाडी रहेको सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासले जनाएको छ।

कवाडीले बोकेको पेस्तोलसहित ९ एमएमको गोली पनि बरामद भएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

कमेन्टहरु