राजनीति

प्रचण्डद्वारा माओवादीको २३६ जनाको केन्द्रीय समितिको नाम सुनाउदै

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह ०६:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् । २९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरु पछि मनोनीत हुनेछन् ।

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले समानुपातिक र खुल्ला गरी २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् ।

प्रचण्डको यो प्रस्ताव हलले पारित गरेमा प्रस्तावित नाम माओवादी केन्द्रीय सदस्यमा अनुमोदन हुनेछ । बाँकी केन्द्रीय समितिले मनोनित गर्नेछ ।

कमेन्टहरु