देश

बलात्कार आरोपी सिद्धबाबालाई जिल्ला अदालतले दियो सफाइ

जगत ठाडा मगर
२०७७ मंसिर २२ | मध्यान्ह ०८:०८ बजे

बलात्कारको आरोप लागेको चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ। सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो। यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरी त्यसविरूद्ध फैसला माग्दै जिल्लन अदालत सुनसरी अदालतमा निवेदन दिन पुगेका थिए। आफ्नै अनुयायीलाई बलात्कार गरेको कसुरमा सिद्धाबाबाविरूद्ध मुद्दा दायर भएको थियो। मुद्दा परेपछि जिल्ला अदालतले उनलाई कारागार चलानको आदेश दिएको थियो।

तर, उनी थुनामा नबसिकनै बाहिरै बसे। पछि उच्च अदालतमा जान भनी हिँडेका गिरी जोगबनी नाकाबाट भारत फरार भएका थिए। उनलाई केही महिनापछि प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो।

कमेन्टहरु