दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १६ | बिहान ०८:०९ बजे

धनगढी । कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बैलौरी-कलुवापुर पक्की सडकखण्ड अन्तर्गत बेलौरी नगरपालिका-५ रामनगरमा दुई मोटरसाइकल आपसमा ठोक्किएको हो ।
कलुवापुरबाट बेलौरी आउँदै गरेको सुपप्र ०१००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से३प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । बेलौरी आउँदै गरेको मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका-५ गुलरियाका १८ वर्षीय विमल राना दुर्घटनामा गम्भीर घाइते भएका थिए ।
रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।






















