देश

चन्द्रागिरिमा एक युवकको शव फेला

जगत ठाडा मगर
२०७८ पुस १५ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक युवकको शव फेला परेको छ ।

चन्द्रागिरि नगरपालिका – ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । मृत फेला परेका लामा काठमाडौंको नागार्जुन नगरपालिका–१ का स्थानीय हुन् ।

अहिले एसपी मैनाली नेतृत्वको टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको एसपी मैनालीले बताए ।

कमेन्टहरु