मौसम

काठमाडौंसँगै देशका अधिकांश स्थानमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

जगत ठाडा मगर
२०७८ पुस १४ | बिहान ०७:०९ बजे

बुटवल, पुष १४ । आज बुधबार बिहान राजधानी काठमाडौं लगायत देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भइरहेको विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो समान्य र पूर्ण बदली भई मध्य वर्षा हुन सक्नेछ । अधिकांश उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । रातिसम्म पनि मौसममा सुधार नहुने विभागले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने तथा मौसममा बदली हुँदा हवाई यातायात एवम् सामान्य जनजीवनमा समेत प्रतिकूल असर पर्ने विभागले जनाएको छ।

यस्तै विभागले चिसो बढ्न सक्ने भन्दै त्यसबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मौसम शुक्रबारसम्ममा सुधार हुने विभागको अनुमान रहेको छ । शुक्रबार केही स्थानमा मात्र हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

कमेन्टहरु