देश

एमएनओ डिजिजीले दमकमा प्रशिक्षण पश्चात एकै दिन दुई सभा गठन

kushal
२०७७ मंसिर २० | मध्यान्ह ०८:०८ बजे

झापा । नेपालका मुलबासी मंगोलको अस्तित्व, हकअधिकार र भुमि फिर्ताको अभियान देशैभरी चलाईरहेका मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ संगठनले शनिबार झापाको दमकमा एक दिने बृहत मंगोलवाद प्रशिक्षण सम्पन्न गरेको छ ।

झापाको दमकमा भएको कार्यक्रममा प्रमुख अतिथी संघिय कार्यालय सचिब मोहन सेरेङ हुनुहुन्थ्यो भने प्रमुख प्रशिक्षक संघिय अनुशासन प्रमुख तथा प्रदेश नम्बर एकका संयोजक शक्ति चाम्लिङ राई रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा क्रमश: संघिय संचार प्रमुख जीवन मंगोल, युबा संयोजक अमित याक्खा, संघिय सदस्य नरेन्द्र थुलुङ राई, फजुल मन्सुरी, आरेन राई, मकवानपुर जिल्ला अध्यक्ष सनम लामा, सप्तरी युबा अध्यक्ष अनबर खान, बागमती युबा संयोजक मन्दिरा मोक्तान, सुनसरी अध्यक्ष काजीराम राई, सुनसरी नारी सभा अध्यक्ष अमृता राई र संचिय सल्लाहकार प्रीतम फागो समेतको उपस्थिति रहेको थियो ।

129941894 291849648914370 8243075101415020008 n

उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक संघिय अनुशासन बिभाग प्रमुख तथा प्रदेश एकका संयोजक शक्ति चाम्लिङ राईले मंगोलवाद प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी कार्यक्रममा बोल्दै अतिथी संघीय संचार प्रमुख जीवन मंगोलले लोकतन्त्र, धर्ममिर्पेक्षता र संघियताको धज्जी उडाउने खेल हाल राजाबादीले देशैभरी गरिरहेकोले यसको प्रतिकार गर्न मुलबासी मंगोल एक हुन आबश्यक रहेको बताएका थिए ।

प्रशिक्षण कार्यक्रम पस्चात झापाको दमकमा निलम मंगोलको संयोजकमा ११ सदस्यीय दमक नगर सभा गठन गरिएको छ । त्यसैगरी सोही नगरमा पिनम राईको संयोजकमा ९ सदस्यीय दमक नगर नारी सभा पनि गठन भएको छ । संगठनले एकै दिन दुई सभा गठन गरिएको हो ।

निलम मंगोलको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रम मकवानपुरको कलाकार भाईबहिनिहरुका मंगोल सास्कृतिक कार्यक्रम रहेको थियो । कार्यक्रममा उपस्थित अतिथी तथा कलाकारहरुलाई नव गठित दमक नगर सभाद्वारा मायाको चिनो प्रदान समेत गरेको थियो ।

कार्यक्रम झापा दमक – ७ स्थित किरात राई याक्खा भवनमा झापा जिल्ला सभाका अध्यक्ष सुर्यहाङ आङ्डेम्बेको अध्यक्षतामा सुनसरी सभाका सचिब साहारा कुलुङको संचालनमा सम्पन्न गरेको थियो ।

कमेन्टहरु