देश

सडक निर्माणमा उत्साहजनक कामः चार महिनामै ३६५ किमी सडक कालोपत्रे

जगत ठाडा मगर
२०७७ मंसिर २० | मध्यान्ह ०६:०८ बजे

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २३४ किलोमिटर सडक थप कालोपत्रे भएको छ। १२१ किमी कालोपत्र पुनर्निर्माण तथा पुनर्स्थापन गरि कुल ३६५ किमी कालोपत्रे सम्पन्न भएको सडक विभागले जनाएको छ। विभागको तथ्यांक अनुसार १४२ किमी नयाँ ट्रयाक निर्माण, १७७ किमी खण्डास्मिथ स्तरोन्नति भएको छ। यस अवधिमा स्थानीय सडक पुलअन्तर्गत २४ वटा र रणनीतिक महत्वका सडकहरु अन्तर्गत ११ पुलहरु गरी ३५ वटा पुल निर्माण सम्पन्न भएको छ।

७ हजार १ सय ८७ किमी सडकको नियमित तथा पटके मर्मत सम्भारको निरन्तरता दिइएको छ। ७२९ आवधिक मर्मत गर्ने लक्ष्य लिइएकोमा ३५ किमी सम्पन्न भएको छ। काठमाडौं उपत्यका चक्रपथको ग्वार्को, सातदोबाटो, एकान्तकुना चोकहरुमा फ्लाइओभर डिजाइनको इन्सेप्सन रिपोर्ट प्राप्त भएको छ।

कोरोनाको विषम परिस्थितिबीच भएको काम सन्तोषजनक मानेका छौं। केही आयोजनाले भर्खरै गति पाउन थालेका छन्, विभागका महानिर्देशक शर्माले भने, अघिल्ला वर्षभन्दा नी हाम्रो प्रोगेस रिपोर्ट राम्रो छ।

कमेन्टहरु