धमिलो पानीमा माछा मार्ने राजाबादीको दुस्साहस नेपाली जनताले प्रतिकार गर्छौ


काठमाण्डौ । मंसिर २० शनिबार, देशमा लोकतन्त्र, गणतन्त्र, धर्मनिर्पेक्ष, र संघियताको कार्यान्वयन भैसकेको अबस्थामा राजाबादीहरु देशकै ध्वजी उडाई हाल देशका विभिन्न स्थानमा राजतन्त्रको पुन: स्थापना र हिन्दु राज्यको माग गर्दै राजाबादीहरुले सक्रियता बढाईरहेका छन । हुन त सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरुले पनि राजतन्त्र र हिन्दु राज्यको आवाज नउठाएका भने होइनन् । नेपालका राजनीतिमा सत्तारुढ दलभित्र भैरहेको अन्तर संघर्ष र कोरोना भाइरसका कारण देशमा असहज परिस्थितिको फाइदा उठाउदै राजतन्त्रबादीहरुले नेपाली जनताले स्थापित गरेका गणतन्त्रमाथी नै प्रहार गर्ने दुस्प्रयास गरेका छन । नेपाली जनताले लामो त्याग, तपस्या र बलिदान गरेर अहिलेको ब्यबस्था ल्याउन सफल भएका हुन । गणतन्त्र, धर्मनिरपेक्षता र संघियता नेपाली जनतालाई कसैले उपहार दिएका होइनन । यसका लागि नेपाली जनताको ठूलो बलिदान भएको छ । अहिलेको अबस्थामा नेपाली जनताले अपेक्षा गरे अनुसार नसकेको होला । नेपाली जनतामा कहि कतै आक्रोश पनि हुन नसकेको होला । जनतामा कहि कतै आक्रोस पनि होला तर अहिलेको ब्यबस्था गणतन्त्रका विरुद्ध नेपाली जनतालाई राजतन्त्र कल्पना समेत गर्न सकिँदैन ।
बिश्वभरी कोरोनाका कारण देशले भोगिरहेको संकटलाई राजतन्त्रको मुद्दा बनाउन खोज्ने राजाबादीहरुले धमिलो पानीमा माछा मार्न खोज्दैछन । राजाबादीहरुका पछिल्लो गतिविधि परिबर्तन बिरोधी, गणतन्त्र र धर्मनिरपेक्षताको धज्जी उडाएका छन । गणतन्त्रात्मक बहुदलीय ब्यबस्थामा पक्ष र बिपक्षमा आफ्नो मत जाहेरी गर्न छुट छ । छुटको फाइदा उठाउदै देशको सिंगो ब्यबस्थामाथि धावा बोल्ने कुरालाई नेपाली जनताले स्विकार गर्न सकिदैनन ।
राजाबादीहरुले देशका विभिन्न स्थानमा जसरी प्रदर्शन गरिरहेका छन । त्यसमा राजतन्त्र पक्षधर नागरिक मात्र सहभागी छैनन । त्यसमा अहिलेको शासन ब्यबस्थाबाट ठूलो आशा राखेका र ब्यबस्थाबाट निराश भएका जनता पनि सहभागी छन । कतिपय जनता सरकारी कामप्रतिको असन्तोष र भ्रष्टाचारको बिरोध प्रकट गर्न सडकमा प्रदर्शनका लागि आएका हुन । त्यसैले नेपाली जनताका गुनासो सुन्न सरकार र राजनीतिक दलहरुको कर्तब्य हो । त्यसैले नेपाली जनताको असन्तोष, आक्रोशको ब्यबस्थापन गर्न सरकार र राजनीतिक दल अलिकति पनि चुक्नु हुदैन । पुर्ब राजा ज्ञानेन्द्रले बिगतमा जनताका अधिकार खोसेर निरंकुश शासन लादेको दिन सरकार र राजनीतिक दलले भुल्नु हुदैन । यसको निम्ति नेपाली जनता पनि सचेत रहनु पर्दछ । देशमा फेरि तानाशाही ब्यबस्था ल्याउन बल पुग्ने गरि नेपाली जनता सडकमा आउनु हुँदैन । यदि कोहि राजतन्त्र पक्षधरका राजबादीहरु लोकतन्त्र, धर्मनिरपेक्षता र संघियताको बिरोधमा सडकमा आउँछ भने, नेपाली नागरिकले प्रतिकार गर्न पछि हट्नु हुदैन ।
नेपाली जनताले यो पनि भुल्नु हुदैन, सरकार र राज्य ब्यबस्थाको असन्तोषका कारणले राजतन्त्रको समर्थन गर्नु तत्कालिन र दिर्घकालीन दृष्टिकोणले देश र नेपाली जनताका लागि घातक हो । जनताले चाहेको जति काम हुन नसके पनि देशमा तीन तहका सरकारले जनअपेक्षा अनुसार काम गर्न प्रयत्न गरिरहेका छन । जनताको तपस्या र ठूलो बलिदानले आफ्नै घरदैलोमा स्थानिय सरकार पाएका छन । बिगतका शासन ब्यबस्थामा नेपाली जनताले सरकार खोज्न काठमाडौ पुग्न पर्ने र सरकार काठमाडौ केन्द्रित थियो । यसकारणले जनताले सहज सेवा सुबिधा प्राप्त गर्न सकेका थिएनन । अहिले नेपाली जनताले जुन सुकै काम स्थानीय सरकारबाट प्राप्त गरिरहेका छन । हाल जनताले प्राप्त गरेको अधिकारको रक्षा गर्ने जनता कै हो । त्यसैले राजतन्त्रको हल्ला र राजाबादीले दिएको एक छाक खानाकै भरमा कोहि पनि नेपाली जनता राजतन्त्रको पक्षमा लाग्नु हुँदैन ।
लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार ल्याउन नेपाली जनताको ठूलो बलिदान छ । यसको रक्षा नेपाली जनताले नै गर्न पर्छ । अहिलेको राजनीतिक दल, सरकार र स्थानिय जनप्रतिनिधिले जनअपेक्षाको चाहना अनुसार काम गर्न नसके तिनलाई दण्डित गर्ने अधिकार नेपाली जनतामै छ । यसको लागि जनता चनाखो रहनुपर्दछ । हाल देशको राज्यसत्तामा रहेका राजनीतिक दल सधैभरको लागि होइन । राज्यसत्तामा रहेका दलले जनताको भवना बिपरित काम गर्छ भने ति राजनीतिक दललाई सच्चिने दिने अधिकार नेपाली जनताको हो । यस्ता दललाई अगामी निर्बाचनमा जनताले लखात्नु पर्छ । त्यसैले नेपाली जनताले अहिलेको बिषम परिस्थितिमा संबेदनशील भएर गणतन्त्र, लोक्तन्त्र, धर्मनिर्पेक्षता र संघियतालाई आत्मासाथ गर्दै राज्तन्त्रको बिरोधमा फेरि सडक आन्दोलन गर्न परेपनि पछि हट्नु हुदैन । गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध धज्जी उडाउन खोज्ने राजाबादी तत्व विरुद्ध तमाम देश्भक्त, गणतन्त्रप्रेमी नेपाली जनता एक ढिक्का हुन जरुरी छ ।























