देश

हरेक बिचार ले बिनाश न निम्त्याओस

जगत ठाडा मगर
२०७७ मंसिर १९ | बिहान ०७:०८ बजे

तारा लाम्गादे

राजतन्त्र र हिन्दु राज्यसँग सरकारको साँठगाँठ
संघीय लोकतान्त्रिक गणतन्त्र हटाएर नेपाल सरकारले नेपाल मात्र राख्न गरेको निर्णयबाट उत्साहित भएका राजावादीहरु अहिले सडकमा निकै सलबलाएका छन् ।
उनीहरुले सडकमा मानिसहरु भेला गर्ने, नारावाजी गर्ने र जनताका दैनिक कामकाजमा असर पारिरहेका छन् ।
राजावादीका नाममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसको नेतृत्व गरेको छ भने हिन्दु राज्य र राजतन्त्रको माग गर्ने बाहुन क्षेत्री समुदायका अन्य कट्टरपन्थी हिन्दुहरु समेत उक्त पार्टीको कार्यक्रममा सहभागी भएका छन् ।
राजनीतिक रुपमा नेकपा तथा का“ग्रेसमा भएका कार्यकर्ताहरु समेत हिन्दु राज्य र राजतन्त्रका लागि सडक संघर्षमा उत्रिएका छन् ।
यसरी राजावादीहरु राज्य संयन्त्र र व्यवस्था विरुद्ध संघर्ष गरीरहँदा सरकार मँैन र अदेखा बनिरहेको छ । राज्यले गरेका भ्रष्टचार, विकृति विसंगतिका बिरोध गर्ने कतिपय क्रान्तिकारी शक्तिहरुलाई प्रतिबन्ध लगाएको वर्तमान केपी ओली सरकारले हिन्दु राज्य र राजतन्त्रको पक्षमा आन्दोलन गरिरहँदा कुनै प्रतिक्रिया दिएको छैन बरु, ओली निकटका व्यक्तिहरुले संघीयता अस्विकार गर्ने, धर्मनिरपेक्षता खारेज गर्ने, समावेशीताको अन्त्य गर्ने अभिव्यक्ति दिँदा ओली सरकारले समर्थन गरिरहेको छ ।
यसकारण अहिले राजतन्त्र र हिन्दु राज्यका लागि भएको आन्दोलन ओली सरकारको संरक्षणमा भारतद्धारा प्रायोजित छ । केही समयअघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल सहितका कट्टर हिन्दुवादी नेताहरुको चलखेल साथै भारतीय जोगीहरुले नेपालमा धर्मका नाममा युद्ध सञ्चालन गर्ने रणनीतिसहित नेपालमा हिन्दु राज्य र राजतन्त्रवादीहरुसँग गोप्य बैठक बसी योजनाबद्ध रुपमा नेपाललाई पश्चगामी दिशातर्फ डो¥याउने खेल भईरहेको छ ।
राज्यको बागडोर हिजो व्यक्ति हत्यामा दोषी ठहरिएर १४ वर्षसम्म राज्यले जेल सजाय दिएकाको हातमा परेको छ । उनीहरुले निरन्तर आफ्नो छुद्र स्वभावहरु प्रकट गर्दै आएका थिए ।
खासगरी केपी ओली कम्युनिष्ट होइनन्, उनी न त बर्गिय रुपमा कम्युनिष्ट हुन्, न त बैचारिक र व्यवहारिक रुपमा तर नेकपा एमालेको महाधिवेशनबाटै संयोगबस अध्यक्ष नै भएपछि उनले हिन्दु राज्य र राजतन्त्रका पक्षधरहरुसँग मिलेर नेपालको सबैभन्दा ठूलो र पुरानो कम्युनिष्ट पार्टी एमालेलाई सिध्याउने खतरा देखेर नै उक्त पार्टीले तत्कालिन नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेको हो ।
तर, उक्त कुराको हेक्का राखेका ओलीले बारम्बार आफ्नो सक्कली रुप प्रस्तुत गर्दै आएर अहिलेसम्म पनि नेकपा एमालेकै नाममा उनले कम्युनिष्ट पार्टीको बद्नाम गराउन हरदम तयार देखिन्छ ।

उनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशीताका विरुद्धमा संघर्षरत शक्तिहरुसँग अहिले पनि अघोषित कार्यगत एकता गरेका छन् । त्यसैले अहिले नेपालमा परिवर्तनकारी शक्तिहरु राज्यसत्ताबाट असुरक्षित छन् ।
भारतीय विस्तारवाद, नेपालका नवसामन्तहरु, दलाल पुँजीवादीहरु, यथास्थितिवादी र पश्चगामीहरु राज्यसत्ताबाट संरक्षित छन् तर त्यसबाहेक परिवर्तनको पक्षमा रहेका आम जनता असुरक्षित छन् । परिवर्तन, विकास र समृद्धिको पक्षमा रहेका जो–कोही राज्यसत्ताको दृष्टिमा अपराधी छन् ।
जनताले कहिले धर्मका नाममा, कहिले जातका नाममा त कहिले भूगोल र क्षेत्रका नाममा अपमानित भइरहनुपर्ने, बलात्कृत र हत्या सम्म व्यहोर्नु परेता पनि राज्यका बागडोर सम्हाल्नेलाई अलिकति पनि न सरम छ, न त हिनताबोध नै ।

त्यसैले वर्तमान केपी ओली सरकारको विकल्प खोज्ने बेला आएको छ । अहिले पनि हिन्दु धर्म र राजतन्त्रका पक्षमा देशभर आन्दोलन सृजना गर्न विभिन्न स्थानमा बैठकहरु चलिरहेका छन् । गोप्य रुपमा सरकारका मान्छेहरुसँग सल्लाह गरेरै ठाँउठाँउमा नारा जुलुुस र हुलदंगा सुरु भएको छ । कोरोना भाइरसको महामारी अहिले पनि कायम छ, विद्यालय खुल्न सकेका छैनन्, मठमन्दिर, चर्च, गुम्वा आदि बन्द छन् । अल्पसंख्यक, आदिवासी, दलित, जनजाति, महिला, पिछडिएका क्षेत्रको उत्थान र विकासका कार्यक्रम रोकिएका छन् तर सडकमा हजारौं मानिसका भिडभाड कायम हुनु भनेको ओली सरकारको असफलता हो ।
यसरी नै केहि समय बस्ने हो भने अहिलेसम्मका उपलब्धी गुम्न सक्छ र पुनः नेपालमा गृहयुद्ध अवश्य हुनेछ । त्यसले नेपालमा अस्थिरता, अराजकता र बेचैन हुनेछ । समयमा नै यसतर्फ आम परिवर्तनका पक्षधर शक्तिहरुले सोच्न र ठोस निर्णय लिन आवश्यक छ ।

कमेन्टहरु