नवलपुरको देवचुलीमा लागुऔषध सहित दुई युवक पक्राउ

जगत ठाडा मगर
२०७७ मंसिर १८ | मध्यान्ह ०४:०८ बजे

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कायाृलय नवलपुरका अनुसार देवचुली नगरपालिका १५ प्रगतिनगर चोकमा चेक जाँचको क्रममा लु १ ख ९१८१ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा तनहुँ जिल्लाको व्यास नगरपालिका ३ वीसघरे वस्ने वर्ष १९ को सोहन मिया र झापा जिल्लाको दमक नगरपालिका २ घर भई हाल तनहुको व्यास नगरपालिका २ बस्ने वर्ष १९ को बिबेक रानालाई नियन्त्रणमा लिएको हो ।


















