ब्राउन सुगर सहित दुई भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ७ | मध्यान्ह ०५:०९ बजे

सप्तरी, ०७ मंसिर । लागुऔषध ब्राउन सुगर सहित सप्तरीबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सुपौल भिमनगर ग्राम पञ्चायत वडा नम्वर ४ का ३१ वर्षीय गोलु भन्ने रतन शर्मा र ३५ वर्षीय जय प्रकाश पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुबैजनालाई सप्तरीको कंचनरुप नगरपालिका वडा नम्वर २ स्थित पुर्व–पश्चिम लोकमार्गबाट पक्राउ गरिएको हो । दुबै जनाको साथबाट खैरो हिरोईन (ब्राउन सुगर) २२ ग्राम र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















