देश

चितवनको सामुदायिक वनमा एक पोथी चितुवा मृत फेला

जगत ठाडा मगर
२०७८ पुस ७ | मध्यान्ह १२:०९ बजे

चितवन । चितवनको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा एक पोथी चितुवा मृत फेला परेको छ । डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार ३ वर्षको पोथी चितुवा रुखमा च्यापिएको अवस्थामा मृत भेटिएको हो ।

रामनगरबाट ठिमुरा जाने सडक नजिकै रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा चितुवा मृत देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए । चितुवा एक साताअघि नै रुखको कापमा च्यापिएको हुनसक्ने वन कार्यालयको अनुमान छ ।

बाघ वा अन्य कुनै चिजलाई देखेपछि भाग्न खोज्दा चितुवा रुखको कापोमा परेको र त्यहाँबाट उम्किन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको सूचना अधिकारी खनालले जानकारी दिए ।

कमेन्टहरु